११ माघ २०८२, आइतबार | January 25, 2026

लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलनको तयारी

अन्तर्राष्ट्रिय सभाहल बनेको एक वर्ष नपुग्दै चुहियो



बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए ।

विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ । लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।

प्रतियोगितामा विजयीलाई पुरस्कारको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरेको छ ।

बुद्ध जयन्ती मनाउन आउनका लागि बुद्ध संस्कृति भएका राष्ट्रलाई निःशुल्क भिसाका लागि पहलका लागि निर्णय गरिएको तर कुन–कुन मुलुक भनेर किटान नगरिएको उनको भनाइ छ ।

लुम्बिनीमा हालै निर्मित अन्तर्राष्ट्रिय सभाहलमा केही दिन अघि परेको वर्षापछि पानी चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ । अन्तर्राष्ट्रिय सभाहल गत वर्ष बुद्ध पूर्णिमाका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

निर्माण कम्पनीले मर्मत गरेर समस्या समाधान नगर्दासम्म भुक्तानी प्रक्रिया रोक्का राख्ने निर्णय भएको कोषाध्यक्ष भट्टराइले जानकारी दिए । यस्तै कोषको बैठकले उपाध्यक्ष् भिक्षु मैत्तेयको नेतृत्वमा लुम्बिनी सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : २० बजे

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, २८६ मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक