८ पुस २०८२, मंगलबार | December 23, 2025

पश्चिमी वायुको प्रभावले वर्षा



काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले पश्चिमी वायु केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले विशेषगरी पहाडी भू–भागहरूमा मेघ गर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रि–मनसुन चलिरहेकाले पनि अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । “प्रि–मनसुनमा अपराह्नपछि मेघ गर्जनरचट्याङसहित ‘आइसोलेटेड रेन’ खण्ड–खण्ड वर्षा हुन्छ”, मौसमविद नगरकोटीले भन्नुभयो, “यो केही समय निरन्तर हुन्छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहन्छ ।”

काठमाडौं उपत्यकामा साँझपख हल्का वर्षा भएको छ । बिहान र साँझ केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : १६ बजे

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका