२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृतिमा समानता : अध्ययन प्रतिवेदन


१५ पुस २०८१, सोमबार  

26
Shares

म्याग्दी । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, बासुदेव बराल र डा बिनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल ः अ केस स्टडी’ शीर्षकमा गरेको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो ।

जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिबिधिको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताए ।

“यो अध्ययनले नेपालका दुई सहर पोखरा र काठमाडौको मासिक वर्षा र सौर्य गतिबिधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको छ,” उनले भने, “ सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दीर्घकालिन समानता पाइएको छ ।”

११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र सो तथ्यलाई आधार मानेर वर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पूर्व सतर्कता अपनाउन सहयोग पुग्ने अनुसन्धानकर्ता गौतमले बताए । उनका अनुसार विश्वका विभिन्न देशहरुमा सौर्य गतिविधि र वर्षाका बीचको सम्बन्धबारे अनुसन्धान भएपनि भौगोलिक विबिधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाण सीमिति थिए ।

यसैले यो अध्ययन प्रतिवेदन नेपालका लागि सान्दर्भिक र महत्वपूर्ण मानिएको छ । सूर्यको विकरणमा हुने परिवर्तन, ‘सनस्पट’ चक्र र सौर्य वायुको उतारचतावले पृथ्वीको जलवायु प्रणालीमा महत्वपूर्ण प्रभाव पर्न सक्ने विश्वका अन्य देशहरुमा भएका पुराना अध्ययनहरुले प्रमाणित गरेको छ । वायुमण्डलीय परिसञ्चालन, बादल निर्माण र बर्षाका ढाँचाहरुलाई प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ ।

‘क्रस वेभलेट ट्रान्सफर्म’ अध्ययन प्रविधिको प्रयोग गरेर तथ्याङ्कको अध्ययन र विष्लेषण गरिएको हो । नेपालमा सौर्य गतिविधिले जलवायु प्रणालीमा पार्ने प्रभावको महत्व उजागर गरेको यस अध्ययन प्रतिवेदनले सौर्य गतिविधि र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्ध पहिचान गर्न आधार सिर्जना गरेको छ । सौर्य गतिविधिलाई नेपालमा जलवायु परिवर्तन अध्ययनको एक महत्वपूर्ण कारकका रुपमा स्थापित गरेको छ । यसले नेपालको वैज्ञानिक समाज र जलवायु व्यवस्थापन सम्बन्धी रणनीतिहरुमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पुरा गरेर पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्ट्सभिलमा स्पेस साइन्स’मा पुनः स्नातकोत्तर सकेर विद्यावारिधि अध्ययन गरिरहेका गौतमको घर म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ हो । उनले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रुपमा आफ्ना अनुसन्धानहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : ५९ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब