६ पुस २०८२, आइतबार | December 21, 2025

श्रीलङ्कामा पर्यटक आवागमनमा वृद्धि



कोलम्बो । श्रीलङ्काले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यस पहिलेको प्रक्षेपणलाई संशोधन गरेको छ ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले सन् २०२३ को पहिलो त्रैमासिकमा पर्यटन क्षेत्रमा देखिएको सकारात्मक प्रवृत्तिका कारण एसएलटीडीएले अनुमानमा संशोधन गरेको बताए ।

फर्नान्डोले सन् २०२३ को मार्चका लागि श्रीलङ्काले आफ्नो लक्ष्य पार गरिसकेको र महिनाको पहिलो २८ दिनमा एक लाख १२ हजारभन्दा बढी पर्यटक भित्रिएको बताए । सन् २०१९ पछि पहिलो पटक श्रीलङ्काले लगातार तीन महिनादेखि एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको जानकारी उनले दिए ।

श्रीलङ्काले यस वर्ष हालसम्म तीन लाख २३ हजार भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । चीनमा बढ्दो उडान र प्रवद्र्धनात्मक प्रयासका कारण चिनियाँ पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको र इजरायलबाट सिधा उडान थप्ने बारे पनि विचार भइरहेको उनले बताए ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक मानिने टापू राष्ट्रको पर्यटन क्षेत्र कोभिड-१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरासायी भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ०१ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक