१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

नेपालमा अति संक्रामक भेरियन्ट ओमिक्रोनका ९ वटा सवभेरियन्ट सक्रिय



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा केही दिनयता पुन: वृद्धि हुन थालेको छ । शून्यमा झरेको कोरोना संक्रमणको अवस्था विस्तारै बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र देशभरमा ७६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यसका साथै अहिले नेपालमा अति संक्रामक भेरियन्ट ओमिक्रोनका ९ वटा सवभेरियन्ट सक्रिय रहेको पाइएको छ । जसमध्ये पनि पछिल्लोपटक भेटिएको एक्सबीबी.१.१६ सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चैत्र महिनामा संकलन गरिएका २४ वटा नमुनाको सिक्वेन्सिङ गर्दा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । साथै अहिले भारतमा फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सवभेरियन्ट रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मन्त्रालयले सचेत रहन अनुरोध गरेको छ । अहिले भेटिएका भेरियन्टहरु अतिसंक्रामक रहेकाले सचेतनाका साथै भ्याक्सिन लगाउने अभियानलाई पनि तीव्रता दिनुपर्ने बताएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : २७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा