४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा



काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ । नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो। यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन् । भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका संक्रमितहरूमा बढी देखिएको छ ।

भारतमा उक्त भाइरस देखिएसँगै भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले बताइन् ।

चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : १० बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी