६ पुस २०८२, आइतबार | December 21, 2025

बेन्जिमाको ह्याट्रिक, बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा



काठमाडौं । क्याटलान क्लब बार्सिलोनालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा ४-० तथा समग्रमा ४-१ को जित निकाल्दै रियलले फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार रातिको खेलमा करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियलले बार्सिलोनामाथि ४-० को जित निकाल्यो । पहिलो लेगमा भने बार्सिलोना १-० ले विजयी भएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। ५०औं करिम बेन्जिमाले गोल गर्दै रियललाई २-० को अग्रतामा पुर्‍याए ।

खेलको ५८ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत् दोस्रो गोल गरे । यस्तै, खेलको ८० औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दा रियल ४-० ले विजयी भयो ।

कोपा डेल रेको उपाधिका लागि अब रियलले ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल मे ६ मा हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : ५५ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा