१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

माल्टामा नेपाल डे मनाइने



माल्टा । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले नेपाल डे मनाइने भएको छ ।

माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुकाे बैठकले नेपाल डे कार्यक्रम मनाउने निर्णय गरेका हुन् ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिन लागिएकाे बताए ।

नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा, भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गर्दै उनले समस्त माल्टा बासि नेपालीहरुलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न, पर्यटन ब्यबसायलाइ फस्टाउन नेपाल डेलाई सफल र भब्य बनाउन आग्रह पनि गरे ।

रोजगारीको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरिनेछ ।

उक्त कार्यक्रमलाइ नेपाली राजदुतावास लन्डन/स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एबं कोस्टा क्लिन फाउन्डेसन माल्टाले सहयाेग गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ४६ बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि