८ पुस २०८२, मंगलबार | December 24, 2025

खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली



लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।

विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो साधारणसभाको आज बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि अपरिहार्य भएको र खेलकुदले मित्रता र आत्मीयता अभिवृद्धिको काम गर्ने बताए । उनले भने, “विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ । बिग्रेको मित्रता सुध्रिने, नभएको मित्रता प्राप्त हुन्छ ।”

उनले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभएर असल राजनीतिक संस्कारसमेत सिकाउने बताए । अध्यक्ष ओलीले विपक्षीसँग कसरी मित्रवत् बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने बताए । उनतले आफूले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई सधैँ प्राथमिकता दिएको भन्दै खेलसम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने बताए ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद मार्गनिर्देश गरेको विचारबाट एकेडेमीले आफ्ना कार्यक्रम अघि बढाउँदा नयाँ-नयाँ उपलब्धि र कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरे । उनले देशभरि नै खेलकुद पूर्वाधार निर्माणका लागि एमालेले नेतृत्व गरेको चर्चा गर्दै खेलकुदको विकास, खेलाडीको सम्मानका लागि एमालेले अगुवाइ गरेको बताए ।

उनले सुरु भएका खेलकुद पूर्वाधारहरू सकिँदा धेरै खेलाडीलाई खेल अभ्यास र प्रतिस्पर्धामा सहज हुँदै जाने बताए । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि राज्यले लगानी बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले एकेडेमीले सबै विधाका खेलकुदको विकासका लागि सङ्गठन माध्यमबाट कार्यक्रम सञ्चालन गरिँदै आएको बताए । उनले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताए । त्यस अवसरमा एकेडेमीले आज बिहान आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताका विजयी प्रतियोगीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ५ : ४९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना