१ चैत्र २०८२, आइतबार | March 16, 2026

गणतन्त्रका लागि लडेका दलहरुले नै पुनः गणतन्त्रलाई धरापमा पार्ने खेलमा लागे : चित्रबहादुर केसी

मिडियाले गलतलाई गलत र सहीलाई सही भन्ने हिम्मत गर्न सुझाव



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रका लागि लडेका दलहरुले नै पुनः गणतन्त्रलाई धरापमा पार्ने खेलमा लागे आरोप लगाएका छन् । मसाल निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालको शुक्रबारदेखि बुटवलमा सुरु प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरुले नै पुनः गणतन्त्रलाई धरापमा पार्ने गरि खेल खेल्ने गरेको बताए ।

मुलुकमा राजनीतिक अराजकता पैदा भएको उल्लेख गर्दै केसीले लोकतन्त्रलाई बचाउन नसकिए मुलुक अध्यारो बाटोमा लाग्ने बताए । उनले लोकतन्त्र र गण्तन्त्रको रक्षाका लागि राजनीतिक दलसँगै नेपाली जनताको पनि कर्तव्य निर्वाह गर्नुपर्ने बताए ।

अध्यक्ष केसीले लोकतन्त्रका लागि मिडियाले निर्भिक भएर कलम चलाउन आग्रह गरे । ‘गलतलाई गलत र सहीलाई सही भनेर मिडिया उभिनुस्’–केसीले भने, ‘लोकतन्त्रको स्थापना र यसको रक्षामा मिडियाको ठूलो भूमिका छ ।’ मिडियालाई निस्पक्ष र निडर बन्न उनले सुझाव दिए ।

केसीले ठूला राजनीतिक दलहरुले शक्ति राष्ट्रहरुको एजेण्डा स्वीकार गरेर संघीयता ल्याउँदा मुलुक चरम आर्थिक संकटमा फसेको उल्लेख गरे । दिनप्रतिदिन रोजगारका लागि विदेशीने युवाहरुको एयरपोर्टमा भिड लाग्ने गरेको उदाहरण प्रस्तुत गर्दै उनले गाउँ रित्तिएका थोत्रो घर र वृद्ध–वृद्धा मात्रै मुलुकमा रहने स्थितीको सिर्जना भएको बताए । संघीयताले देश ध्वस्त हुने अवस्थामा पुगेको बताउँदै उनले त्यो कुराको महशुस दलका नेताहरुलाई पनि भैसकेको उल्लेख गरे ।

राष्ट्रिय जनमोर्चा अहिले पनि संघीयता खारेज हुनुपर्छ भन्ने अडानमा कायम रहेको बताउँदै केसीले वर्तमान सरकारसँग ३ वटा मुख्य विषयमा असहमती रहेको उल्लेख गरे । संघीयता, संक्रमणकालिन न्यायलाई टुङ्गो लगाउन सरकारले अघि बढाएको प्रक्रिया तथा अंगिकृत नागरिकका सन्तानले वंशजको नागरिकता पाउने कुरामा जनमोर्चाको असहमती रहेको केसीको भनाई छ ।

बुटवलमा जारी संघको प्रथम सम्मेलनले विधान र घोषणा पत्र पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने प्रगतिशील पत्रकार संघ, नेपालका संयोजक श्यामलाल पोखरेलले जानकारी दिए । ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि जनपक्षीय पत्रकारिता’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ५९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन