८ चैत्र २०८२, आइतबार | March 22, 2026

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय



दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथाहरूको सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशन कार्य भइरहेको बताए । ‘यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धानकार्य अघि बढाउने योजना छ’, उपकुलपति जोशीले भने, ‘लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा. हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताए । ‘सौका, भोटे, राउटे, मगर र रानाथारू र डगौराथारूका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्’, निर्देशक भट्टले भने, ‘हामीले सबै कथा स्थानीय भाषा र नेपाली भाषा दुवैमा प्रकाशन गरिरहेका छौँ ।’

उनले रानाथारूको लोककथा रानाथारू भाषामा, मगरका कथा मगर भाषामा प्रकाशन हुने बताए । ‘दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन्’, उनले भने, ‘हाम्रो धर्म, संस्कृति रीतिरिवाज हिजो हाम्रो समाज कस्तो थियो कथाका माध्यमबाट के सन्देश दिन खोजेको त्यसको जानकारी मिल्छ ।’ उनले सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको जानकारी दिए ।

सुदूरपश्चिमका अग्रज साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन अत्यन्तै सकारात्मक रहेको बताए । ‘लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति नीहित हुन्छन्’, लेखकले भने, ‘यसले लोकजीवनलाई बुझ्न सहजता हुन्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ५५ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल