१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

बुटवलको जितगढी गन्तब्य बनाएर गोरखाबाट नेपाली सेनाको पदयात्रा सुरु



बुटवल । बुटवलको जितगढलिाईै गन्तब्य बनाएर नेपाली सेनाको एक टोलीले गोरखाबाट पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटो हुँदै नेपाली सेनाले जितगढीको लागि बुधबारदेखि पदयात्रा सुरु गरेको हो ।

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको नेपाली सेनाले जनाएको छ । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएका हुन् ।

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गर्नेछ भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ । रुपन्देहीको टोलीले जितगढए विजय उत्सवको दिन पारेर वैशाख ७ गते जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुने मध्यपश्चिम प्रितना केडक्वाटर बुटवलका प्रितनापति याम ढकालले जानकारी दिए ।

सोही दिन बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुनर्निर्माण गरेको ऐतिहासिक जितगढी किल्लाको नवनिर्मित संरचना प्रधान सेनापति प्रभुराम शर्माबाट उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रितनापति ढकालले जानकारी दिए ।

नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् । सो टोलीले गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा पार गर्नेछ ।

टोलीलाई वुधबार एक कार्यक्रमकाबीच नेपाली सेनाका पश्चित पृतनापति दीपककुमार बानियाँले झण्डा हस्तान्तरण गरेर विदाइ गरेका थिए ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर-चितवन क्षेत्र, बारा-पर्सा-रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो । तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी सफ भएको थियो । सो लडाँईमा कर्णेल उजिर सिंह थापाले कमाण्ड सम्हालेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ३ : २७ बजे

बजेटबारे पूर्व अर्थमन्त्री एवं दलका नेताको मिश्रित प्रतिक्रिया

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल