२० माघ २०८२, मंगलबार | February 3, 2026

पत्रकारहरुबाट राष्ट्रियताको सवालमा सशक्त कलम चल्न सकेन : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले मुलुकमा बिदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परेको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभाको बुटवलमा उदघाटन गर्दै मुख्यमन्त्री गिरीले राष्ट्रियता जोगाउनका लागि पत्रकारहरुले राष्ट्रियताका पक्षमा कलम चलाउनुपर्ने बेला आएको बताए ।

उनले नेपालका मिडिया र पत्रकारहरुले राष्ट्रियताको पक्षमा जसरी कलम चलाउनुपर्ने हो त्यो हुन नसकेको टिप्पणी गरे। नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको मुख्यमन्त्री गिरीले गुनासो गरे ।

मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्ने अन्यथा देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै उनले अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आवश्यक रहेको बताए ।

बामपंथी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको र केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थका लागि काम गरेको उनले आरोप लगाए । उनले संघीयता काम छैन भन्ने आवाज उठ्न थालेको औंल्याउंदै २ कार्यकाल पुरा नहुदै संघीयतालाई खराब भन्न नमिल्ने बताए ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, एमाले नेताहरु मोहन चापागाई, हितराज पन्थी, प्रेस चौतारीका अग्रज नेताहरु डिआर घिमिरे, शेरबहादुर केसी,इन्दिर अर्याल,प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्य, प्रदेश महासचिव निरु गौतमलगायतले आआफ्ना धारणा राखेका थिए ।

साधारणसभामा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले वार्षिक प्रतिवेदन,सचिव केशव भण्डारीले संगठनात्मक र कोषाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य टि.आर शर्माले जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा २५ हजार ५ सय २५ रुपैयांको चेक हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  २ : ५७ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि