१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नौ महिनामा १४ अर्ब नाफा विदेशियो


४ बैशाख २०८०, सोमबार  

182
Shares

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो ।

विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागिसिफारिस गरेको छ ।

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता

विभागले चैत महिनामा मात्रै रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै रु बीस करोड ६० लाख नौ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, प्रन्ध लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो ।

यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ ।

विभागको तथ्याङ्क अनुसार हालसम्म रु चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ५४ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न