१ चैत्र २०८२, आइतबार | March 15, 2026

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

टस हारेर पहिले फिल्डिङ गरेको नेपालले मलेसियालाई २३५ रनमा सीमित गरेको थियो । मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

२३६ रनको लक्ष्य पाएको नेपालले ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि भीम सार्कीले ७१ रन बनाएर टिमलाई जिताउन मुख्य भूमिका खेले । यस्तै, कुशल मल्ल पनि ७० रनमा नटआउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख भने १ रनमै आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३(३ विकेट लिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ०९ बजे

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,