२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

भिटामिन ‘ए’ नखुवाई फर्काइयो बाँकेमा बालबालिकालाई, ड्यामेज क्याप्सुलको जिम्मेवारी कस्ले लिने ?



नेपालगन्ज । बाँकेमा भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र पुगेका बालबालिकाहरुलाई भिटामिन नखुवाई फर्काइएको छ । म्याद सकिएकै महिनाको भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरिएकोमा क्याप्सुल ड्यामेज भेटिएपछि कार्यक्रमको अघिल्लो दिन अबेला कार्यक्रम स्थगित गरिएको थियो ।

स्थगित गरिएको सूचना सर्वसाधारणमा पुग्न नसक्दा आज बिहनै देखि अभिभावकहरु बालबालिका लिएर भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्रहरुमा पुगेका थिए । बालकालिका लिएर आएका अभिभावकलाई म्याद सकिएको भिटामिन आएको भन्दै स्वास्थ्य स्वयंसेवीकाहरुले नखुवाई फर्काएको राप्ती सोनारीकी एक अभिभावकले बताइन् ।

२०२३ अप्रिल सम्ममात्र म्यादभएको क्याप्सुल खुवाउने तयारी गरेको स्वास्थ्य कार्यालयले वितरण गरेको क्याप्सुल रङ्ग उडेको र ड्यामेज फेला परेपछि हतार हतारमा कार्यक्रम स्थगित गरिएको थियो । स्वास्थ्य कार्यालयको ड्यामेज क्याप्सुल खुवाउने तयारीका बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयमा सूचना पुगेपछि निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

स्वास्थ्य कार्यालयको लापरवाहीपूर्ण भण्डारणका कारण वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि गांउमा खटिएका स्वाथ्यकर्मीले प्रदेश स्वास्थ्य निर्देशनालयमा सूचना गरेका थिए ।

बालबालिकालाई खुवाइने भिटामिन ए जस्तो संबेदनशिल क्याप्सुल नेपालगन्जको चर्को घाममा भण्डारण गरिएका कारण ड्यामेज भएको स्रोतले दाबी गरेको छ । गोदाम र निश्चित तापक्रममा राखिनुपर्ने भिटामिन क्याप्सुल केहीदिन देखि गोदाम बाहिर खुल्ला घाममा राखिएको स्रोतको दाबी छ ।

सामान्यतया म्याद सकिएको महिनाको औषधी प्रयोगमा नल्याउने परम्परा बिपरित स्वास्थ्य कार्यालयले म्याद सकिएको महिनामा भिटामिन खुवाउने तयारी गरेको एक स्वास्थ्यकर्मीले बताए ।

राज्यको लाखौ रुपैयाँ खर्च भएको भिटामिनलाई चर्को घाममा भण्डारण गरेर ड्यामेज गराउर्ने स्वास्थ्य कार्यालयका अधिकारीमाथि छानविन हुनुपर्ने एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा खबरकुरालाई बताए ।

बुधबारबाट खुवाउने तयारी गरिएको भिटामिन ए अव कहिले खुवाउने भन्ने मिति तय भएको छैन । घटना सम्बन्धमा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले अनावश्यक हल्ला मच्चाइएको बताइन् । उनले स्वास्थ्य कार्यालयले वितरण गर्ने मात्र जिम्मेवारी लिएको बताउँदै उनले पालिकाहरुले नै कार्यक्रम संचालन गर्ने बताइन् । फरक रङ्गका क्याप्सुल भेटिएपछि कार्यक्रम स्थगित गरेर नयाँ स्टक मगाइसकिएको र आज मध्यान्ह सम्म आइपुग्ने उनले बताइन् । घाममा भण्डार णगरिउको आरोपको भने उनले खण्डन गरिन् । नेपालगन्जको तापक्रमले भए भन्न सकिन्न, तर भण्डारण मापदण्ड अनुसार नै गरिएको छ, उनले भनिन्, तपाईहरु आएर हेर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ५८ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो