९ भदौ २०८३, मंगलबार | August 26, 2026

भिटामिन ‘ए’ नखुवाई फर्काइयो बाँकेमा बालबालिकालाई, ड्यामेज क्याप्सुलको जिम्मेवारी कस्ले लिने ?



नेपालगन्ज । बाँकेमा भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र पुगेका बालबालिकाहरुलाई भिटामिन नखुवाई फर्काइएको छ । म्याद सकिएकै महिनाको भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरिएकोमा क्याप्सुल ड्यामेज भेटिएपछि कार्यक्रमको अघिल्लो दिन अबेला कार्यक्रम स्थगित गरिएको थियो ।

स्थगित गरिएको सूचना सर्वसाधारणमा पुग्न नसक्दा आज बिहनै देखि अभिभावकहरु बालबालिका लिएर भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्रहरुमा पुगेका थिए । बालकालिका लिएर आएका अभिभावकलाई म्याद सकिएको भिटामिन आएको भन्दै स्वास्थ्य स्वयंसेवीकाहरुले नखुवाई फर्काएको राप्ती सोनारीकी एक अभिभावकले बताइन् ।

२०२३ अप्रिल सम्ममात्र म्यादभएको क्याप्सुल खुवाउने तयारी गरेको स्वास्थ्य कार्यालयले वितरण गरेको क्याप्सुल रङ्ग उडेको र ड्यामेज फेला परेपछि हतार हतारमा कार्यक्रम स्थगित गरिएको थियो । स्वास्थ्य कार्यालयको ड्यामेज क्याप्सुल खुवाउने तयारीका बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयमा सूचना पुगेपछि निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

स्वास्थ्य कार्यालयको लापरवाहीपूर्ण भण्डारणका कारण वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि गांउमा खटिएका स्वाथ्यकर्मीले प्रदेश स्वास्थ्य निर्देशनालयमा सूचना गरेका थिए ।

बालबालिकालाई खुवाइने भिटामिन ए जस्तो संबेदनशिल क्याप्सुल नेपालगन्जको चर्को घाममा भण्डारण गरिएका कारण ड्यामेज भएको स्रोतले दाबी गरेको छ । गोदाम र निश्चित तापक्रममा राखिनुपर्ने भिटामिन क्याप्सुल केहीदिन देखि गोदाम बाहिर खुल्ला घाममा राखिएको स्रोतको दाबी छ ।

सामान्यतया म्याद सकिएको महिनाको औषधी प्रयोगमा नल्याउने परम्परा बिपरित स्वास्थ्य कार्यालयले म्याद सकिएको महिनामा भिटामिन खुवाउने तयारी गरेको एक स्वास्थ्यकर्मीले बताए ।

राज्यको लाखौ रुपैयाँ खर्च भएको भिटामिनलाई चर्को घाममा भण्डारण गरेर ड्यामेज गराउर्ने स्वास्थ्य कार्यालयका अधिकारीमाथि छानविन हुनुपर्ने एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा खबरकुरालाई बताए ।

बुधबारबाट खुवाउने तयारी गरिएको भिटामिन ए अव कहिले खुवाउने भन्ने मिति तय भएको छैन । घटना सम्बन्धमा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले अनावश्यक हल्ला मच्चाइएको बताइन् । उनले स्वास्थ्य कार्यालयले वितरण गर्ने मात्र जिम्मेवारी लिएको बताउँदै उनले पालिकाहरुले नै कार्यक्रम संचालन गर्ने बताइन् । फरक रङ्गका क्याप्सुल भेटिएपछि कार्यक्रम स्थगित गरेर नयाँ स्टक मगाइसकिएको र आज मध्यान्ह सम्म आइपुग्ने उनले बताइन् । घाममा भण्डार णगरिउको आरोपको भने उनले खण्डन गरिन् । नेपालगन्जको तापक्रमले भए भन्न सकिन्न, तर भण्डारण मापदण्ड अनुसार नै गरिएको छ, उनले भनिन्, तपाईहरु आएर हेर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ५८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त