१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

आज पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै



काठमाडौं । आज पृथ्वी दिवस । विश्वभरी विभिन्न कार्यक्रमका साथ मनाईदैछ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।

यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ ।

संयुक्त राष्ट्र संघको सन्देश :

प्रकृतिले दु:ख पाइरहेको छ । महासागरहरू प्लास्टिकले भरिएका छन, त्यसमाथीी अम्लीय पदार्थले भरिएकाके छ । अत्यधिक गर्मी, जङ्गलमा लागेको डढेलो र बाढीले लाखौं मानिस प्रभावित भएका छन् । यी दिनहरूमा पनि, हामी अझै हाम्रो इकोसिस्टमको स्वास्थ्यसँग जोडिएको विश्वव्यापी स्वास्थ्य महामारी कोभिड १९ बाट ट्र्याकमा फर्कने प्रयास गरिरहेका छौं ।

जलवायु परिवर्तन, मानव निर्मित प्रकृतिमा परिवर्तनका साथै जैवविविधतामा बाधा पुर्‍याउने अपराधहरू, जस्तै वन विनाश, भू-उपयोग परिवर्तन, तीव्र कृषि र पशुधन उत्पादन वा बढ्दो अवैध वन्यजन्तु व्यापारले पृथ्वीको विनाशको गतिलाई तीब्र बनाउन सक्छ ।

इकोसिस्टम पुनर्स्थापना सम्बन्धी संयुक्त राष्ट्र दशक भित्र मनाइने यो दोस्रो मातृ पृथ्वी दिवस हो । इकोसिस्टमहरूले पृथ्वीमा सबै जीवनलाई समर्थन गर्दछ । हाम्रो इकोसिस्टम जति स्वस्थ हुन्छ, त्यति नै स्वस्थ ग्रह र यसका मानिसहरू रहन्छन् ।

हाम्रो क्षतिग्रस्त इकोसिस्टमको पुनर्स्थापनाले गरिबी अन्त्य गर्न, जलवायु परिवर्तनसँग लड्न र सामूहिक विलुप्त हुनबाट जोगाउन मद्दत गर्नेछ। तर सबैले भूमिका खेले भने मात्र हामी सफल हुनेछौं ।

यस अन्तर्राष्ट्रिय मातृ पृथ्वी दिवसको लागि, हामी आफैलाई सम्झना गरौं ( पहिले भन्दा बढी कि हामीलाई मानिसहरू र ग्रह दुवैको लागि काम गर्ने थप दिगो अर्थतन्त्रमा परिवर्तन आवश्यक छ । प्रकृति र पृथ्वीको सद्भावलाई प्रवर्द्धन गरौं । हाम्रो संसारलाई पुनर्स्थापित गर्न विश्वव्यापी आन्दोलनमा सामेल हुनुहोस् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : १५ बजे

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान