२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल-भारत अन्डर २० दृष्टि बिहिन महिला क्रिकेटको उपाधि नेपाललाई



पोखरा । विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा दोस्रो नेपाल भारत २० वर्षमुनिका दृष्टि बिहिन महिला क्रिकेट नेपालले जितेको छ । प्रतियोगिता अन्तर्गत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको हो ।

टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतका ५ खेलाडी रन आउट भएका थिए भने १ विकेट विनित पुन र १ विकेट निशा चौधरीले लिएका थिए । जवाफी व्यटिङ्गमा नेपालले २ विकेट गुमाउदै ८ विकेटको विशाल जित हासिल गरेको छ ।

नेपालको लागि प्लेयर अफ द सिरिज विनिता पुनले विस्फोटक व्याटिङ्गगर्दै ५७ वलमा नटआउट १११ रन प्रहार गरेकी थिइन् । उनको व्याटबाट १७ चौका सहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिलो शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेकी छन् ।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वाधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६ बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ०५ बजे

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत