१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगानी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोजक्याम्पमा बोलाएको छ ।

क्यानले शनिबार कप्तान इन्दु बर्मासहित २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । हालै सम्पन्न पीएम कपमा गरेको प्रदर्शनको आधारममा क्यानले २४ खेलाडी छनौट गरेको छ ।

क्लोज क्याम्पमा बोलाइएका खेलाडीमा इन्दु बर्मा (कप्तान), बिन्दु नेपाल, रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सबनम राई, संगीता राई, संगीता राई, अप्सरी बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डोली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोधा बिष्ट, खुशी डंगोल, रोमा थापा, सोमु बिष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र् लक्ष्मी चौधरी रहेका छन् ।

एसीसी महिला प्रिमियर कप आगामी फेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुदै छ ।

नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसि, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ०९ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना