२ पुस २०८२, बुधबार | December 18, 2025

निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीक : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् ।

चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निजामती अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पताल नेपाल चीनबीचको घनिष्ट सम्बन्धको प्रतिक रहेको बताएका हुन् । प्रचण्डले भने, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो तथा संवेदनशीलताको कदरले असल छिमेकी सम्बन्धको आधार बनाउँछ ।” प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तारितै हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।

विस्तारित र स्तरोन्नति पूर्वाधार र सुविधाले अस्पतालले राम्रो उपचार तथा सेवाको खोजीमा रहेका बिरामीलाई सहज सेवा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने, “म यस अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।” नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “हामीलाई प्राप्त सहयोग विकास पूर्वाधार निर्माण गर्न सम्पर्क सञ्जालको विस्तार तथा नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन धेरै सहयोगी रहँदै आएको छ ।”

प्रधानमन्त्रीले निजामती अस्पताल दुई देशबीचको दशकौँदेखिको घनिष्ट सम्बन्धको प्रतीकका रूपमा पनि उभिएको उल्लेख गरे । स्वास्थ्य पूर्वाधार सिर्जना एवं विस्तार गर्न र स्वास्थ्य संस्थामा आवश्यक उपकरण र चिकित्सा सहयोगका लागि चीन सरकारले उपलब्ध गराएको चीनको सहयोग सह्रानीय रहेको उनको भनाइ छ ।

भरतपुरमा क्यान्सर अस्पताल निर्माणमा पनि चीनले सहयोग उपलब्ध गराएकामा चीन सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले यस क्षेत्रमा चीन सरकारबाट निरन्तर प्राप्त भएको साथप्रति आभार प्रकट गरे । चीनका विभिन्न विश्वविद्यालयमा नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीले अध्ययन गरिरहेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले त्यहाँबाट फर्किएकाले यहाँ उत्कृष्ट सेवा गरिरहेकोमा प्रसन्नता व्यक्त गरे।

कोरोनाकालमा कोभिड खोप, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “नजिकको छिमेकी र मित्रराष्ट्र चीनको यो उदारता र वास्तविक ऐक्यबद्धतालाई हामी सधैँ स्मरण गरिरहन्छौँ ।” चीन र अन्य विकास साझेदारको सहयोगका कारण हामी महामारीका कठिनाइ पार गर्न सक्षम भएको प्रधानमन्त्रीको भनाइ छ ।

नजिकको छिमेकी, असल मित्र र भरपर्दोे साझेदारका रूपमा नेपालले चीनसँग थप सम्बन्ध विस्तार गर्न चाहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक आर्थिक विकासमा गरेको ठूलो फड्कोबाट हामीले पनि फाइदा लिनुपर्ने बताए ।

नेपाली जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, थप सुविधा विस्तार गर्न, पूर्वाधारको निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । उहाँले निजामती अस्पताललाई थप पूर्वाधार र सुविधासहितको विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने सोचका साथ सरकार लागिपरेको उल्लेख गरे।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ५९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल