१२ माघ २०८२, सोमबार | January 26, 2026

लक्ष्मी महतो कोइरीको विषयले सभामुख सकसमा, संसद बैठक स्थगित



काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरु नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद बैठक स्थगित गर्नुपरेको छ ।

१० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे ।

यसपछि रास्वपाका रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको बताउँदै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सचेत गराए । एमाले सांसद रघुजी पन्तले पनि कुनै पनि अपराधिलाई जोगाउने पक्षमा एमाले नरहेको बताए ।

तर, सभामुख घिमिरेले लक्ष्मी महतो कोइरी ‘बिरामी’ भएर बैठक अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गर्न मानेनन् । यसपछि सांसदहरुले उठेर विरोध जनाइरहे । सभामुख घिमिरेले पटक पटक आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बस्न आग्रह गरे । तर, सांसदहरु बस्न मानेनन् । यसपछि सभामुख घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अदालतले फौजदारी अभियोगमा लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । प्रहरीले उनलाई खोजिरहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : २९ बजे

बाँकेमा निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

बाँके । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ

सर्लाहीमा गगन थापालाई कांग्रेसी नेता कार्यकताले गरे भव्य स्वागत

सर्लाही । कांग्रेस सभापति गगन थापालाई सर्लाहीमा कांग्रेसी नेता कार्यकर्ताहरुले

चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध उजुरी

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको