काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आइतबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका १र२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।



















प्रतिक्रिया