२ चैत्र २०८२, सोमबार | March 17, 2026

आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । उपचार सकेर नेपाल फर्किएपछि डा. भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने बताए ।

उनले एक प्रेस नोट जारी गर्दै कुनै पनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका छन् । त्यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि लागिपर्ने उनले बताए ।

“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष २०७९ सालमा आगलागीको घटनाबाट एक सय १० जनाले ज्यान गुमाउँदा मेरो आमाको ज्यान गुमेकाले अब त्यस्ता घटना हुन नदिन दक्ष जनशक्तिसहित सुविधा सम्पन्न अस्पताल निर्माणमा सरकारले ध्यान दिनुपर्छ, कमसेकम प्रत्येक प्रदेशमा एक÷एकवटा वर्न अस्पताल निर्माण गर्नुपर्छ”, डा भण्डारीले प्रेसनोटमा भनेका छन् ।

आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी समेत व्यक्त गरे ।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीको घटनामा परी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो भने डा भण्डारीलाई सोही दिन नै थप उपचारका लागि भारत लगिएको थियो ।

उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए ।

 

 

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ३४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित