१९ असार २०८३, शुक्रबार | July 3, 2026

हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित



काठमाडौं । हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् । सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सा‌ंसद पद निलम्बनमा परेको जानकारी दिएको छ।

यसअघि प्रहरीले कोइरी फरार रहेको पत्र पठाए संसद सचिवालयमा पठाएको थियो । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम उनलाई निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ ।

कोइरी मधेश आन्दोलनका क्रममा सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्याका मुख्य आरोपी हुन् । उनलाई जनकपुर उच्च अदालतले पक्राउ गर्न आदेश दिएको थियो । तर राजनीतिक शक्तिको आडमा कोइरी पक्राउ पर्नबाट जोगिँदै आएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा उनी महोत्तरीबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ३३ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई