१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित



काठमाडौं । हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् । सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सा‌ंसद पद निलम्बनमा परेको जानकारी दिएको छ।

यसअघि प्रहरीले कोइरी फरार रहेको पत्र पठाए संसद सचिवालयमा पठाएको थियो । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम उनलाई निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ ।

कोइरी मधेश आन्दोलनका क्रममा सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्याका मुख्य आरोपी हुन् । उनलाई जनकपुर उच्च अदालतले पक्राउ गर्न आदेश दिएको थियो । तर राजनीतिक शक्तिको आडमा कोइरी पक्राउ पर्नबाट जोगिँदै आएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा उनी महोत्तरीबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ३३ बजे

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको

एनपीएलमा आज दुई खेल, चितवन-विराटनगर र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी