२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘पूर्ण प्रेस स्वतन्त्रताको उपयोग हुन सकेन’



काठमाडौं । नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरिएको भए पनि त्योअनुसार कानुनहरु बन्न नसक्दा अहिले पनि प्रेस स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्न नपाएको जानकारहरूले बताएका छन् ।

फ्रिडम फोरम नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसमा अवसरमा आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको अवस्था स् चुनौती’ विषयक अन्तरक्रियाका वक्ताहरूले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्न नपाएको बताइएका हुन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेसले अहिले पनि ढुक्क रुपमा काम गर्न सक्ने अवस्था नभएको हुँदा प्रेस स्वतन्त्राका लागि अझै आवाज उठाउन जरुरी रहेको बताए । उनले संविधानअनुसार कानुनहरु बन्न नसकेको र भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा कुन्दन अर्यालले विश्व पत्रकारिता दिवसका अवसरमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे समीक्षा पनि गर्नुपर्ने जरुरी भएको र आगामी दिनमा प्रेस स्वतन्त्रताको उपयोग गर्ने विषयमा संविधानले नै ग्यारेन्टी गरेको बताए । उनले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेसँगै भएका कानुनको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले प्रेसलाई साझा र स्वतन्त्र संस्थाको रुपमा प्रेसलाई उभ्याउनुपर्ने र प्रेस स्वतन्त्रतासम्बन्धी कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए ।

फ्रिडम फोरमको प्रतिवेदनअनुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका कूल सङ्ख्यामा कमी आए पनि धम्की दिने प्रवृत्ति यथावत रहेको उल्लेख छ । सन् २०२२ को मे देखि २०२३ अप्रिलसम्म दर्ता भएका उल्लङ्घनका ४० घटनामा आठ महिला र चार मिडिया हाउससहित ७९ सञ्चारकर्मी प्रभावित भएका छन् । अघिल्लो वर्ष ५५ घटनामा ९३ सञ्चारकर्मी प्रभावित भएका थिए ।

यस वर्ष प्रभावित ७९ सञ्चारकर्मीमध्ये २९ जनाले अवरोध/तोडफोडको सामना गर्नुपरेको छ । त्यस्तै, २२ माथि आक्रमण भएको छ भने १६ जनाले मौखिक रूपमा दुव्र्यवहार, आठ जनाले धम्की वा ज्यान मार्ने धम्की र चार जना पक्राउरहिरासतमा परेका छन् । त्यस्तै तीन मिडिया हाउसमा आक्रमण भएको छ भने एकमा तोडफोड भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : २७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले