१६ बैशाख २०८१, आइतबार | April 29, 2024

अर्थमन्त्रालयका सचिव फेरिए



काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् ।

सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत थिए । उनी ३ वर्षअघि सचिव भएका हुन् ।

पोखरेलले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभागलगायत निकायमा बसेर काम गरिसकेका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवका रुपमा काम गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ३४ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क