काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रीय समितिको छलफलको अजेन्डा तय हुनेछ ।
एमालेको केन्द्रीय समिति बैठक यही बैशाख २८ देखी सुरु हुदैँछ ।
यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।



















प्रतिक्रिया