काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहीद’ चिनिने कायस्थको निधनप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन् ।
‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’
३२ वर्षीय कायस्थको उपचारको क्रममा हिजो साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा उनको निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिदैँछ ।



















प्रतिक्रिया