काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । झापामा गर्ने भनिएको बैठक अन्तिम समयमा आएर ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
तीन दिनसम्म चल्ने बैठकबाट विभिन्न १० वटा एजेण्डामाथि छलफल गरी निर्णय गरिने एमालेले जनाएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका एजेण्डामा छलफल हुने जनाइएको छ । भुटानी शरणार्थी प्कण एजेण्डामा नरहेपनि परिस्थितीका कारण त्यस विषयमा छलफल हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।
एमाले केन्द्रीय कमिटीमा २ जना निलम्बित सहित ३३५ सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र दुई भौगोलिक सहित ९ जना प्रदेश कमिटी अध्यक्षहरु बैठकमा सहभागी हुनेछन् ।
यसअघि एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो ।



















प्रतिक्रिया