२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन आज पनि जारी, आज पदाधिकारीहरूले राख्ने धारणा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम छ ।

ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा र सुझाव राखेका थिए । पहिलो दिन ५० जना सदस्यले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । आजको बैठकमा पार्टी पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।

पदाधिकारीहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले सदस्यहरूले उठाएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यक्रम रहेको गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : २२ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै