१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘फरम्याट’ गरेकाले खाँणकाे माेबाइल ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल बिद्यि बिज्ञान प्रयोगशालामा पठाईएको छ ।

प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो ।

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरे पछि पुर्व मन्त्री खाँडको पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भए पछि थप प्रमाण भेटिने आशा गरेका छौं ।’

उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ । हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफनो भेटघाट र चिनजान भएको स्विकार गरेका छन । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग वयान लिइदैछ ।

जिल्ला अदालत काठमाडौंले खाँणलाई तीनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार आजसम्म खाँण प्रहरी हिरासतमा नै रहेका छन भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीको रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : २१ बजे

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा