५ पुस २०८२, शनिबार | December 20, 2025

आगलागीमा परेर बारामा एकै परिवारका चार जना जलेर घाईते



बारा । बाराको आदर्श कोतवाल गाउँपालिका-१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् ।

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए ।

आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : ३७ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा