२६ माघ २०८१, शनिबार | February 8, 2025

उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुइँमा पढ्न बाध्य



बारा । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ ।
तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयका सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आआफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् ।
आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्नुपर्दा आफूहरूलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको गुनासो गर्दछन् ।
चिसोले त्यसै त बालबालिकालाई सोझै असर पार्ने गर्छ । त्यसमाथि विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता र केही दिनदेखि तराईमा बढेको चिसोका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै जान थालेको विद्यालयका शिक्षक रामबाबु प्रसाद यादवको भनाइ छ ।
आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अँध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ ।
बाराको आदर्श कोटवाल गाउँपालिका-५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ ।
तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जीर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले गुनासो गरिन् ।
१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ ।
विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ०६ बजे

पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’

काठमाडौँ । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द

निर्माण व्यवसायी रुपन्देहीको साधारणसभा सम्पन्न : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक

बुटवल । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण

मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग जोड्न जरुरी छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला

नबिल बैंकको नबिल एसएसई फेलोशिप सम्पन्न, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी

काठमाडौ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

रुपन्देहीको रोहीणीमा रहेको पशुपति माविका बालबालिकालाई पहिलो पाइला नेपाल बुटवलले गर्यो न्यानो कपडा वितरण

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले रुपन्देहीको रोहीणी गाउँपालिका-६