३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सक्रिय हुन थाले संसदीय समिति, जेष्ठ सदस्यको अध्यक्षतामा बस्यो १० वटै समितिको बैठक



काठमाडौं। निर्वाचन सम्पन्न भएको पाँच महिना पछि संसदीय समितिका बैठक बसेको छ ।

सिंहदरवारस्थित संघीय संसदको कार्यालयमा आज एकै पटक १० वटा विषयगत समितिहरुको बैठक सुरु भएको हो । सबै समितिका जेष्ठ सदस्यको अध्यक्षतामा सबै समितिको अलग अलग बैठक बसेको छ । सभापति चयन नहुन्जेल अध्यक्षता जेष्ठ सदस्यले गर्ने गर्छन् ।

पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

सार्वजनिक लेखा समितिको अध्यक्षता कांग्रेस सांसद अर्जुन नरसिंह केसीले गरेका छन् । सो समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने भएको छ । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिको बैठक ज्येष्ठ सदस्य एमाले सांसद कालुराम राईले गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राप्रपाका सांसद पशुपति समशेर ले गरेका छन् । यसैगरी पूर्वाधार विकास समितिको बैठकको अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरेका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको अध्यक्षता माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १० : ४० बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन