१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप, सचिवमाथि सचिवकै आक्रोश



काठमाडौं । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ ।

अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन्दै सचिवहरूप्रति आक्रोश व्यक्त हुन थालेको हो । निजामती क्षेत्रमा विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना विशिष्ट श्रेणी सचिवस्तरका कर्मचारी छन् । उनीहरूमध्ये अधिकांशलाई बिचौलियाको आरोप लागेको छ । केही सचिवहरू भने इमानदार रहेको र उनीहरू दबिएको अवस्थामा रहन बाध्य भएको बताइएको छ । इमानदार सचिवको पहुँच उच्च राजनीतिक नेतृत्वसँग छैन । त्यसैले उनीहरू पाखा पर्नुपरेको बताइन्छ । उनीहरू भने बिचौलियाको आरोपबाट मुक्त छन् ।

सरकारका कार्यालय सहयोगीदेखि उपसचिवसम्मकै कर्मचारीले सरकारका अधिकांश सचिव र सहसचिवको भूमिकामाथि बारम्बार प्रश्न गर्दै आइरहेका छन् । केही थोरै सचिवहरूले अन्य सचिवको कार्यशैली देख्दा वाक्कदिक्क भएको बताउने गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तत्कालीन मन्त्री बालकृष्ण खाँणको बिचौलियाको भूमिकामा रहेको पुष्टि भएसँगै सरकारका अधिकांश सचिवहरू अहिले पनि त्यस्तै भूमिकामा रहेको हुन सक्ने भन्दै प्रश्न उठ्न थालेको हो । प्रहरीका अनुसार सचिव पाण्डे आफैंले मन्त्रीलाई पु¥याउन भन्दै करोडौं रुपियाँको डिल गरेको प्रमाणहरू भेटिएका छन् ।

सरकारकै एक सचिवले मंगलबार सरकारकै अन्य सचिवहरूमाथि आक्रोश पोख्दै सचिवहरूलाई घण्टे करारमा राख्नुपर्ने सुझाव दिएका छन् । उनले सचिवको विद्वताबाट आफू वाक्क दिक्क भएको भन्दै व्यङ्य गरेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले मंगलबार फेसबुकमा आफ्नो कडा स्टाटस राख्दै व्यङ्ग्य गरेका छन – ‘देशको विकास गर्ने हो भने नेपाल सरकारका सचिवहरूलाई घण्टे करारमा राखियोस् ।’ उनले सचिवहरूको विद्वतापन देखेर वाक्क लागेर आएको पनि उल्लेख गरेका छन ।

‘सचिवहरू काम गर्दैनन्, कानुनलाई अनावश्यक दोष दिन्छन्’ सचिव बुर्लाकोटीले अन्य सचिवहरूलाई लक्षित गर्दै नेपाल समाचारपत्रसँग भने- ‘सचिवहरूमा कानुनअनुसार काम गर्ने परिपाटी नै छैन, विभिन्न गल्ती औंल्याउँदै कानुनलाई दोष दिएर जनताको काम गरिँदैन, त्यसैले विकासका लागि र सेवा प्रवाह प्रभावकारी बनाउन सचिवहरूकै भूमिका वाधक छ ।’

स्रोतका अनुसार विशेष गरी आकर्षक मन्त्रालयमा जान सचिवहरू मरिहत्ते गर्दै मन्त्रीको ‘एस म्यान’ हुने गरेका छन् । गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालय बढी आकर्षक मन्त्रालयको रूपमा चिनिन्छन् ।

सरकारकै कर्मचारीहरूका अनुसार सचिव सहसचिवलगायतका उच्च पदस्थहरूले जनताले कामलाई पन्छाएर आफ्नो स्वार्थअनुसारको काम भने मरिहत्ते गरेर फत्ते गर्ने गरेका छन् । त्यस्तै कुनै मन्त्रीको एसम्यान भएर आएका सचिवहरूले मन्त्रीको स्वार्थअनुकूलका काम पनि फटाफट गर्ने गरेको बताइन्छ । ‘जनता र मुलुकको हित हुनेखालका कार्य गर्न भने सचिवहरू खासै उत्साहित हुँदैनन् ।’

सचिवहरूसँगै काम गरेका उपसचिव तथा शाखा अधिकृतहरूको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उपसचिवले सचिवहरू बिचौलियाकै भूमिकामा पुगेकाले त्यसले सिंगो प्रशासनमाथि गम्भीर प्रश्न सिर्जना गरेको बताए । ‘सचिवहरू आफैं बिचौलिया र माफियाको भूमिकाका काम गर्दा हामीहरूलाई शिर ठाडो पारेर हिँड्न समेत कठिन हुन थाल्यो ।’ प्रधानमन्त्री कार्यालयका ती उपसचिवले भने ।

स्रोतका अनुसार अहिले पनि कैयौं मन्त्रालयमा मन्त्री, सचिव र विभिन्न विभागका महानिर्देशकबीच सेटिङमा गलत काम भइरहेको छ । अन्य मन्त्रालय र निकायको अनुगमन गर्ने जिम्मेवारीमा रहेका मुख्य सचिवले अनुगमन प्रणालीलाई व्यवस्थित बनाउन नसक्दा अन्य मन्त्रालय र विभागमा बिचौलिया प्रथा हाबी भइरहेको स्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायले पनि त्यस्ता मन्त्रालय र विभागमा हुने सेटिङ धन्दाका बारेमा छानबिन र अनुसन्धान गर्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : ३२ बजे

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो