६ पुस २०८२, आइतबार | December 21, 2025

भरूवा बन्दुकसहित ४ जना पक्राउ



काठमाडौं । सल्यान र महाेत्तरीबाट भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् । सल्यानकाे कालिमाटी गाउँपालिका-६ सिरेनी बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीलाई भरूवा बन्दुक १ थान र बारुद भर्ने रड १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

घर्तीले घर नजिकैको जंगलमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी घुइँयाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक र रडसहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरीकाे बर्दिबास नगरपालिका-११ स्थित बनपथ राष्ट्रिय वनबाट भरुवा बन्दुक दुई थानसहित सर्लाही ईश्वरपुर नगरपालिका-१२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलनसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले जंगली जनावरको शिकार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ३ : ३७ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम