७ श्रावण २०८३, बिहिबार | July 23, 2026

देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू



काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताए ।

‘हामी युवाको अन्य गतिविधिमा सहकार्य गर्न तत्पर छौं,’ उनले भने, ‘युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।’

मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताए । ‘प्रयास गरिरहनुपर्छ । सफलता अवश्य मिल्छ,’ उनले भने ।

सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ सम्पन्न भएको छ । ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बनेका छन् । चारै जनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अंकित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित गरियो ।

कार्यक्रमका आयोजक डा. सन्तोष उपाध्यायले कार्यक्रम आयोजना गरेर युवाका लागि मञ्च निर्माण गरेको बताए । ‘मेरो उद्देश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालीलाई पुर्‍याउने र जिताउने हो,’ उनले भने ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० जना सहभागी थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : ०३ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट