१५ माघ २०८२, बिहिबार | January 29, 2026

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर पठनपाठन गराउन निर्देशन



काठमाडौं । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । एक सूचना जारी गरेर केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो ।

गएको वैशाख २० गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्रीसरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निर्णय गरेको थियो । सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिकसत्र २०८१ देखि पूर्वप्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाइ तथा बिक्री वितरण गर्न निर्देशन दिएको हो ।

यसअघि पूर्व प्राथमिक तहमा केन्द्रको मूल्याङ्कनबिना नै पाठ्यसामग्री प्रयोग हुँदै आएको जनाइएको छ । यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीसमेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ ।

पाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्ने सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ । सरकारले सबै तहको पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम ल्याउने भन्दै अन्य तहमा केन्द्रले बनाएको पाठ्यसामग्री प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ३ : ५८ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको