२१ भदौ २०८३, आइतबार | September 6, 2026

उन्मुक्ति बिना नै सुदूरपश्चिम सरकार विस्तार, अझै पाएन सरकारले पुर्णता



कैलाली । नागरिक उन्मुक्ति पार्टी बिना नै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुलाई मात्रै समावेश गरेर मुख्यमन्त्री शाहले आफनो मन्त्रिपरिषद विस्तार गरेका हुन ।

जसअनुसार कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन भने माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । माओवादीकी गीतादेवी माल भने राज्यमन्त्रीमा नियुक्त भएकी छिन । उनले अब ण् उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको हैसियतमा कार्यभार सम्हाल्नेछिन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको आज नै शपथ हुने छ ।

गत २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भए पछि शाहले पार्टीका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री नियुक्त भएको १ सय दिन नाघिसक्दा पनि अझैसम्म आफनो सरकारलाई पुर्णता दिन भने सकेका छैनन ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ५ : ०६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त