४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल राष्ट्र बैंकले ग¥यो चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ ।

यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ । राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई रु एक लाख ९६ हजार २६५.३०, सालपा विकास बैंकलाई रु एक लाख १० हजार ६६२.२६, नारायणी डेभलपमेन्ट बैंकलाई रु दुई लाख ५१ हजार ३२४.७३ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई रु १९ लाख ३६ हजार ६३५.५७ नगद जरिवाना गरेको हो ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक रु तीन हजार ९४८.५३, दोस्रो पटक रु ६३ हजार ७८२.७८ र तेस्रो पटक रु एक एक लाख आठ हजार ७७०.२१ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तैगरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपु¥याएको भन्दै रु दुई हजार ७०१.०३ जरिवाना गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ५ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको