१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपालगन्ज मेडिकल कलेजका बाल शल्यचिकित्सक डा. फिरोज ७ दिनका लागि निलम्वित



नेपालगन्ज । आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गर्ने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बाल शल्यचिकित्सक डा. फिरोज आलमलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । अस्पतालको आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गरेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. आलमलाई काउन्सिलले एक हप्ताका लागि निलम्बन गरेको हो ।

नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले डा.आलमले आकस्मिक उपचारका लागि आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी उपचार गर्न नसक्ने भन्दै अन्त लैजान सुझाव दिएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो ।

बाँकेकी भावना थापाको नवजात शिशुको कान्ति अस्पतालमा उपचार गराएर बाँके फर्किएको ४ महिनापछि पुनः बच्चामा जटिलता आएपछि अभिभावकले नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गराएका थिए ।

आकस्मिक कक्षमा भर्ना भएका शिशुलाई डा.अलामले आफूले उपचार नगर्ने बताएपछि परिवारले काठमाडौं लैजाने तयारी गरेको थियो । तर, सोही दिन बालकको मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि परिवारले मेडिकल काउन्सिलमा डा.आलम विरुद्ध उजुरी गरेका थिए ।

आकस्मिक उपचारमा आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन नगरी अन्त रेफर गरेका कारण बालकको मृत्यु भएको काउन्सिलले ठहर गरेको छ । ‘इमर्जेन्सीमा आएको बिरामीलाई सामान्य इमर्जेन्सी उपचार व्यवस्थापन भएको पनि देखिदैंन्,’ काउन्सिलको निणइमा लेखिएको छ, ‘चिकित्सकले त्यो कुरालाई हेक्का राखेको देखिएन ।’

सुरुमा डा.आलमले काउन्सिललाई आफूले बालकको इमर्जेन्सी उपचार गरेको बयान दिएपनि काउन्सिलले छानविनमा उनी दोषी देखिएपछि कारवाही गरेको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ५० बजे

भैरहवाको सिद्धार्थ भिलासा अव पाँच तारे सुबिधा सहित

भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय