३० बैशाख २०८१, आइतबार | May 12, 2024

नेपालगन्जमा निरन्तर विद्युत उपभोग गर्न शनिबार सम्म कुर्नुपर्ने



नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले शनिबार सम्ममा नेपालगन्ज र यस आसपासमा विद्युत सप्लाई निरन्तर कायम रहने आश्वासन दिएको छ । नेपालगन्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईसँगको छलफलमा प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले यस्तो आश्वासन दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलमा नगर प्रमुख विष्टले अत्याधिक गर्मी हुने सहर नेपालगञ्जमा पछिल्ला दिनमा विद्युतको नियमित आपूर्तिमा भइरहेका समस्याको कारण नागरिकले सास्ती ब्यहोर्न बाध्य हुनु परेको बताएका थिए । उनले उपमहानगरपालिकाले गर्न सक्ने समन्वय र विद्युत प्राधिकरणले समस्या समाधानार्थ गरिरहेको पहलका विषयमा जिज्ञासा पनि राखेका थिए ।

नेपालगन्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरबासीलाई आक्रान्त पार्ने भएकाले ‘विद्युतको नियमितता सबैको चासो र सरोकारका विषय भएको भन्दै नगर प्रमुख विष्टले खास समस्याका विषयमा नगरबासीलाई जानकारी दिन वितरण केन्द्र प्रमुखलाई बोलाएर छलफल गरिएको बताए ।

पत्रकारहरुको उपस्थितिका बीच आयोजित छलफलमा वितरण केन्द्र प्रमुख प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको स्पष्टिकरण दिए । उनले शनिबारसम्ममा सम्पूर्ण समस्या समाधान गरिने पनि बताए । “शनिबारसम्ममा नयाँ ब्रेकर र एअरपोर्ट फिडर जडान गरेर अहिले देखिएका सबै समस्या समाधान गर्ने हिसाबले लागेका छौं,” उनले भने–“बत्ती गइरहने समस्यालाई समाधान गर्न हामी लागिपरेका छौं ।”

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : ३० बजे

नारायणी नदीमा बन्ने पुलको प्रधानमन्त्रीले शिलान्यास गर्ने

चितवन ।पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार

 विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला

काठमाडौं । आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा वाग्मती नदी हुनु वास्तुशास्त्रीय

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक

काठमाडौं । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको

शेखर कोइराला र गगन थापाबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याउन