६ पुस २०८२, आइतबार | December 21, 2025

आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्न सबैलाई आग्रह गरिएको छ ।

आफूलाई विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको एवं जबर्जस्तीरूपमा जाहेरी फिर्ता लिन लगाइएको भनी सिराहा नगरपालिका–२ की यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहेकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको टोलीले अनशनस्थलमा पुगी निजको स्वास्थ्यावस्था सम्बन्धमा जानकारी लिएको छ । पहिलेदेखि नै स्वास्थ्यमा विभिन्न समस्या रहेको र अहिले लामो समयदेखि आमरण अनशनमा रहँदा निजको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको अनुगमनका क्रममा पाइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : २८ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको