२८ आश्विन २०८३, बुधबार | October 14, 2026

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ । ल्याइएको ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरका ४३ वर्षीय सुवोध क्षेत्री र बैजनाथ गाउँपालिका–१ बस्ने ३२ वर्षीय यामबहादुर बुढा रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२ बाट पक्राउ परेका उनीहरुबाट ५४ ग्राम ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सुबोध र यामबहादुरलाई जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त टोलीले शनिबार राति पक्राउ गरेको हो ।

५४ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुविरुद्ध आज जिल्ला अदालत बाँकेबाट लागुऔषध कसुरमा म्याद थप गरेर घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : ५५ बजे

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि कन्तबिजोग खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९