२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

राणाकालीन दरबार संरचना नारायण भवनको अस्तित्व मेटिँदै



ललितपुर । ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उहाँका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरिएको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरुवा उम्रेका छन् । अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाह छैन ।

भूकम्पका कारण राणाकालीन दरबार संरचना नारायण भवनको पूर्वतिरको भाग पूरै भत्केको छ । छाना भत्किन लागेको छ । पीपल, उत्तिसलगायतका बिरुवा उम्रेर र भवनको अस्तित्व हराउँदै गइरहेको छ । ऐतिहासिक दरबार संरचनाको पुनःनिर्माणको लागि कुनै पनि जिम्मेवारी निकायबाट पहल भएको छैन ।

पुनःनिर्माणका लागि पुरातात्विक विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्राचार गरेको तर ऐतिहासिक दरबार संरचना नारायण भवन निर्माणका लागि पहल नगरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदय खनालले दुखेसो पोखे ।

“नारायण भवन एउटा ऐतिहासिक भवन हो । यसको संरक्षण गर्ने राज्यको जिम्मेवारी हो तर राज्यले ऐतिहासिक संरचणाको संरक्षण र पुनःनिर्माणका लागि चासो देखाएको छैन”, उनले भने, “यस्ता प्रकारका ऐतिहासिक संरचना आफ्नै आँखा अगाडि भत्किएको देख्दा दुःख लाग्छ ।”

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका एक कर्मचारीका अनुसार, नारायण भवनमा विसं २०५१ देखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय त्यहाँ रहेको थियो । महिला विकास प्रशिक्षन केन्द्रकोे कार्यालय त्यहाँबाट अर्को ठाउँमा सरेपछि राष्ट्रिय पञ्जीकरण विभागको कार्यालयल त्यहाँ थियो । विसं २०७२ को भूकम्पले ऐतिहासिक दरबार संरचनामा क्षति पु¥याएपछि राष्ट्रिय राष्ट्रिय पञ्जीकरण विभाग त्यहाँबाट अर्को ठाउँमा सर्न बाध्य भएको थियो ।

राणाकालीन दरबार संरचना नारायण भवनअन्तर्गतको १६ रोपनी १४ आनामा फैलिएको जग्गा हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ । नारायण भवन, स्टिल टावर र त्यहाँ छेवमै रहेको नर्सरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले भाडामा दिएको छ ।

विसं २०७६ चैत ५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको भवन, चमेना गृह र प्रशिक्षण हल तालिम परियोजनका लागि मात्र प्रदेश सुशासन केन्द्रलाई हस्तान्तरण गरेको सूचना अधिकारी कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “बागमती प्रदेश सञ्चार रजिष्टारको कार्यालय पनि रहेको छ तर त्यो विषयमा हामीलाई जानकारी छैन ।”

“कुनै समय आफू कार्यरत रहेको ऐतिहासिक भवन दिनप्रतिदिन जीर्ण हुँदै गएकामा दुःख लाग्छ”, एक कर्मचारीले भने, “त्यहाँ धेरै महँगा काठ थिए । महँगा सामान पनि थिए तर उचित संरक्षण नगर्नुले ती सबै हराउँदै गइरहेका छन् । राज्यले यस्ता इतिहास बोकेका दरबार संरचनालाई संरक्षण तथा पुनःनिर्माणको पहल गर्नुपर्ने हो तर भूकम्प गएको दशक बित्न लाग्यो अझै पहल भएको छैन ।”

दिनप्रतिदिन जीर्ण हुँदै गएको राणाकालीन दरबार संरचना भत्किँदै गएको छ । घाँसले छोपिँदै गएको छ । संरक्षण नभएको कारण त्यहाँका काठ र अन्य सामान विस्तारै चोरी हुँदै गएका छन् । अस्तित्व हराउँदै गएको छ । सरकारले ऐतिहासिका संरचनाको पुनःनिर्माणका लागि पहल अझै गर्न सकिरहेको अवस्था छैन । हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा नारायण भवन पुनःनिर्माणको प्रतिक्षामा छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ९ : ५० बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको