१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

राससमा तस्विर प्रदर्शनी सुरु



काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्विर प्रदर्शनी सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्विरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको आज उद्घाटन गरिन् ।

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्विर समाविष्ट गरिएको छ । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्विर प्रदर्शनीमा राखिएको छ ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्विर प्रदर्शनीले योगदान पुर्‍याउने विश्वास गरिएको छ । संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्विर प्रदर्शनी गर्दै आएको छ । उदघाटन लगत्तै मन्त्री शर्माले प्रदर्शनीको अवलोकन गरेकी छन् ।

राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामासेमत वृद्धि गर्ने क्रममा साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ ।

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलबध गराउँदै आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १२ : २० बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा