२७ बैशाख २०८३, आइतबार | May 10, 2026

राससका पत्रकार तथा कर्मचारी पुरस्कृत, ६ विधामा १२ जनाले पाए पुरस्कार



काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत छ विधामा १२ जनालाई पुरस्कृत गरेको छ ।

राससको केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उनीहरूलाई पुरस्कार प्रदान गरे ।

उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्माले प्राप्त गरेका छन् । नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल कुमालले प्राप्त गरे । सम्पादकद्वय शर्मा र कुमालले जनही १० हजार नगद र प्रमाणपत्र प्राप्त गरे।

त्यसैगरी उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्का पुरस्कृत भए । उनीहरूले जनही रु १० हजार र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार हरिराम भेटवालले प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईले प्राप्त गरे । उनीहरूले जनही रु २० हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।

उत्कृष्ट आलेख विधातर्फ झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सहायक सम्पादक टिकाराम सुनार पुरस्कृत भए। उनीहरूले प्रमाणपत्रका साथमा जनही रु १० हजार प्राप्त गरे ।

पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट भएका हु्न् ।

उत्कृष्ट कर्मचारीतर्फको पुरस्कार केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्राप्त गरे। उनीहरूले जनही नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरे ।

नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरी पुरस्कृत छनोट गरिएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)ले ६४औँ वार्षिकोत्सवका अवसरमा तीन सेवाग्राहीलाई सम्मान गरेको छ । सेवाग्राही सम्मान पाउनेहरुमा सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन), अनलाइन खबर डटकम र पोखरास्थित समाधान दैनिक रहेका छन् ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससबाट वितरण हुने ‘आदत्यिध्वज जोशी स्मृति पुरस्कार–२०८१’ बाट अङ्ग्रेजी शाखाका कार्यकारी सम्पादक मनोज कार्की र फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी जनही रु सात हजार पाँच सय रहेको छ ।

रासस कर्मचारी सङ्घबाट वितरण हुने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार–२०८१’ बाट रासस कोशी प्रदेशका कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र रासस केन्द्रीय कार्यालयका सहायक मैना थापा पुरस्कृत भए। उनीहरूले जनही नगद रु सात हजार सात ७७ र प्रमाणपत्र प्राप्त गरे ।

नेपाल पत्रकार महासङ्घबाट वितरण हुने ‘रासस पत्रकारिता पुरस्कार–२०८१’ बाट नेपाली समाचार सम्पादन शाखाका सहायक सम्पादक विक्रम गिरी र फोटो सम्पादन शाखाका फोटो सम्पादक किरण भट्टराई पुरस्कृत भए । उनीहरूले जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : १० बजे

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाले ‘नीति मन्थन’ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ‘विपद् जोखिम न्यूनीकरण

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक