९ आश्विन २०८०, मंगलबार | September 26, 2023

बुटवलका ढुवानी व्यवसायी माधव नेपाल सम्पर्कबिहीन, खोजविनमा सहयोग गरिदिन अपिल



बुटवल । बुटवलका व्यवसायी माधव नेपाल सम्पर्कबिहीन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन ।

परिवार, आफन्तजनले नेपाल १२ गते (हिजो) बिहान ६ बजेदेखी सम्पर्क बिहिन भएको भन्दै खोजिदिन आग्रह गरेका छन् ।

नेपाल १२ गते (हिजो) बिहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपनि अहिले सम्म कुनै सम्पर्क नभएको परिवार स्रोतले बताएको छ ।

उनले प्रयोग गर्ने मोबाईल भने घरमै छाडेका छन् । सम्पर्क बिहिन भएको सूचना प्रहरी सम्म पुगेको छ । प्रहरी र आफन्तले हिजो नै बुटवल र चरंगे क्षेत्रका होटलमा खोजबिन गरेको थियो । तर उनी कतै फेला परेका छैनन् ।

परिवारजन र आफन्तले राखेको सूचना अनुसार नेपाललाई देख्ने जो कसैले ९८६७४०३१९९, ९८५७०२५५२८ र ९८५७०३२५६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ८ : २२ बजे

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं। काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु

इन्द्रजात्राका क्रममा विभिन्न सडकमा सवारी आवागमन निषेध

काठमाडौं । याँया (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि