४ पुस २०८२, शुक्रबार | December 19, 2025

शुक्रबार राती नेपालगन्जबाट काठमाडौं उडेको बुद्ध एअर भैरहवामा अवतरण



भैरहवा । नेपालगन्जबाट यात्रु लिएर शुक्रबार राती ८ बजे काठमाडौका लागि उडेको बुद्ध एअरको जहाज भैरहवा बासबस्न पुगेको छ । खराब मौसमका कारण काठमाडौमा अवतरण गर्न नसकेपछि उडान भएको २ घण्टा ८ मिनेट पछी  राती १० बजेर ८ बजेको समयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको हो ।

मध्यरातीसम्म पनि काठमाडौंको मौसममा सुधार नभएपछि विमानमा सवार यात्रुहरूलाई बुद्ध एअरकै व्यवस्थापनमा भैरहवामा बस्न र खानेको व्यवस्था मिलाएको विमानमा सवार एक यात्रुले बताए ।

सो विमानको पाइलटको फ्लाइट आवरको समय सकिएपछि यात्रुहरुलाई कम्पनीले भैरहवामै राख्ने व्यवस्था गरेको बताइएको छ । जहाज शनिबार बिहान ९ बजेमात्र उड्ने सूचना यात्रुलाई दिइएको विमानमा सवार प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धितालले बताए ।

भैरहवा विमानस्थलमा शुक्रबार देशका विभिन्न स्थानबाट काठमाडौका लागि उडेका चारवटा विमानहरु डाइभर्ट भएर आएको बताइएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ८ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको